खेलाडीहरुले पेलेबाट सिक्नुुस्ः ओली

Advertisement

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी आलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी बनेको बताएका छन् । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीले गरेको कार्यक्रममा आइतबार उनले  पेलेबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने बताए । खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भन्ने चाहेको बताउँदै ओलीले उनीहरुको माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन दिए । 

Advertisement

उनले नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने बताए । यद्यपि अहिले खेलकुदमन्त्री नभएको र मन्त्रिमण्डलले पूर्णता पाउन अझै दुई हप्ता लाग्नसक्ने ओलीको भनाई छ । उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने बताए । 

नेता ओलीले भने, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र यो मागलाई सरकार समक्ष पुर्याउँछु । अहिले त खेलकुद मन्त्री नै छैन् । केही दिनभित्र भन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ । खेलकुदमन्त्री आउन । तर १०–१५ दिनपछि भएपनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईंहरुको कुरा भन्छु । खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस् । त्यो कुरा म सरकारसँग राख्छु ।’

एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै उनले आफूले दुई लाख नगद राशी सहयोग गर्ने बताए । 

Advertisement

Advertisement