पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स्को सफलतापूर्वक प्रदर्शनी उडान

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो एयरबस ए३२० मार्फत आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । 

अंग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक सञ्चालनमा ल्याइएको यो विमानस्थल हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो न्यारो बडी जहाजको अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हो । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । 

Advertisement

बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालय एयरलाइन्सको जहाज १३ः४४ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । उक्त विमानस्थलमा अवतरण गर्ने यो नै पहिलो एअरबस ए३२०–२१४ हो । यो जहाजलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । सो जहाज अपरान्ह काठमाडौं फर्किएको थियो । 

पोखरा विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो भन्दै उक्त एयरलाइन्सले यसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पुर्याउने विश्वास लिएको छ । 
 

Advertisement

Advertisement