विद्युत प्राधिकरणले लाइन काटेपछि इन्टरनेट सेवा प्रदायक संघको आपत्ति

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अति आवश्यक इन्टरनेट सेवा अवरोध गर्दै तार काटेकोप्रति इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ । 

संघले आज पत्रकार सम्मेलन गरी इन्टरनेट अवरोधको सबै जिम्मेवारी प्राधिकरणले लिनुपर्ने उल्लेख गरेको छ । 

Advertisement

भाडाको बाहना बनाएर इन्टरनेट सेवा प्रदायकहरुको डाटा सेन्टर , अप्रेशनल प्वाइन्टमा विद्युत लाइने काट्ने कार्यको संघले विरोध गरेको हो । 

भाडाको विषयमा राज्यको उच्च स्तरीय समितिले दिएको  प्रतिवेदन प्राधिकरणले कार्यान्वयन नगरी एकातर्फी रुपमा लाइन काटिएको संघको आरोप छ ।

अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन, मानव अधिकार स्थापित गर्न, उपभोक्ताको हकहित संरक्षण गर्न नेपाल सरकारको सम्बन्धित मन्त्रालयहरु, निकायहरु, मानव अधिकार ९राष्ट्रियरअन्तराष्ट्रिय आयोगलाई अविलम्ब आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पत्रकार सम्मेलन मार्फत आह्वान गरियो । 

 

Advertisement

Advertisement