नेपाली तीन दिदीबहिनीद्वारा अफ्रिकाको किलिमन्जारो हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । कीर्तिमान कायम गर्ने दौडमा रहेका तीन नेपाली दिदीबहिनीले अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो (५,८९५ मिटर) हिमालकोे सफल आरोहण गरेका छन् । 

सातै महादेशका अग्ला शिखर चढेर कीर्तिमान बनाउने दौडमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका–९ को एकै घरका निमा जाङ्बु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुटी शेर्पाले किलिमन्जारो चढेको हुन् । 

Advertisement

उनीहरुले यसअघि रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस चढेका थिए । तीन दिदीबहिनीले शनिबार बिहान ८ बजे किलिमन्जारोको चुचुरोमा नेपाली झण्डा फहराउन सफल भएको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा शेर्पाले कपोरेट नेपाललाई जानकारी दिइन् । 

उनीहरुले हालसम्म सातै महादेशका अग्ला शिखरहरुमध्ये तीन वटाको सफल आरोहण गर्न सफल भएका छन् । अब शेर्पा दिदीबहिनीले अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को आरोहण गर्ने योजना बनाएका छन् । 

Advertisement

Advertisement