फुञ्जो स्वीट्जल्याण्डका लागि पर्यटन सद्भावना दूत

Advertisement

काठमाडौं । गोरखाकी फुन्जो झङ्मु लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । 

लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । 

Advertisement

फुन्जो लामाले सन् २०१८ मा नेपालतर्फबाट सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी गिनिज वुक अफ वर्ल्डमा बनाएको रेकर्ड अहिलेसम्म कायम छ ।

साथै उनी हेलिकप्टरमा झुण्डिएर घाइतेको उद्दार गर्ने पहिलो नेपाली महिला लङलाइन रेस्क्यूअर पनि हुन् । लामालाई सरकारले यसअघि पनि तेन्जिङ–हिलारी अवार्डबाट सम्मानित गरिसकेको छ । उनी हिमालमा खेलिने स्कीकी स्वर्ण पदक विजेता च्याम्पियन पनि हुन् ।

Advertisement

Advertisement