दावा याङ्जुम शेर्पा वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त

Advertisement

काठमाडौं । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मिएकी दावा याङ्जुम शेर्पा अमेरिकाको वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो । 

पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड शेर्पा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

अहिले उनले ८ हजारभन्दा बढी उचाइकै ८ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनले २०१४ मा माउन्ट केटूमा सबैभन्दा कान्छी आरोहीको रुपमा आरोहण गरिन् । उनी ब्रोडपिक आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् ।

त्यस्तै, शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुन् । उनको हिमाल आरोहणको यात्रा सन् २००९ देखि सुरु भएको हो । शेर्पा सन् २०२२ को जनवरीदेखि तीन वर्षको लागि दावा रोलेक्स कम्पनीको ब्राण्ड एम्बेस्डर पनि  हुन् । रोलेक्स कम्पनीका लागि पहिलो नेपाली र कान्छी राजदूत बनेकी छन् । नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड पनि हुन् । बिना अक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी थिइन् । 

शेर्पाले सगरमाथा, ल्होत्से, अन्नपूण, मकालु, मनास्लु, केटु, धौलागिरी र ब्रोडपिक लगायतका हिमाल आरोहण गरिसकेकी छन् । 


 

Advertisement

Advertisement