सम्झौता कार्यन्वयन नभए भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सहकार्य टुट्छः चन्द

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौत पूर्णरुपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् । 

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्द गर्ने बताएका हुन् । नानसँग कुरा गर्दै चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए । 

Advertisement

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौति भएको भन्दै सोमवार भारत गएका थिए । क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए । 

पहिलो वर्ष तीन करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत एक करोड २० लाख दिइसकेको  र बिहीवार एक करोड पठाएको अध्यक्ष चन्दले बताए । सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए । 

उनले फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए । उनले केही टोलीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रुपमा आयोजना हुने बताए । 

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्ययमा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टिका टिप्पणी हुन थालेका हुन् । 

Advertisement

Advertisement