निकै जोखिमपूर्ण मानिने मनास्लुमा प्रख्यात स्पेनिस पर्वतारोहीसहित छ जनाको सफल आरोहण

Advertisement

काठमाडौं । विन्टर सिर्जनमा प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोन र छ जना शेर्पा आरोहीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आरोहणहरुले विन्टर सिजनमा साना हिमाल आरोहण गरेर वसन्त ऋतुका लागि ठूला हिमाल आरोहणको तयारी गर्ने गर्छन् ।

सेभेन समिट ट्रे«कका अनुसार एलेक्ससहित तेन्जेन शेर्पा (लामा), पासाङ नुर्बु शेर्पा, मिङ्तेम्बा शेर्पा, छेपाल शेर्पा, पेम्बा टासी शेर्पा र ग्यालु शेर्पाले शुक्रबार बिहान आठ हजार १६३ मिटर उचाइको विश्वको आठौं अग्लो हिमाल चुचुरोमा पुगेका हुन् । 

Advertisement

टोलीको नेतृत्व अनुभवी पर्वतारोही एलेक्स टक्सिकोनले गरेका थिए । उनले तेस्रो विन्टर सिर्जनको प्रयासमा सफलतापूर्वक शिखरमा पुगेको कम्पनीले जनाएको छ । पर्यटन विभागका अनुसार जाडो मौसमका लागि ४ समूहले आरोहण अनुमति लिएका छन् । त्यसमध्ये सेभेन समिटको यो टोली एउटा हो । 

मनास्लु हिमालको आरोहणलाई जोखिमपूर्ण मानिन्छ । यो हिमाल अस्थिर हिउँ, तीब्र हावा र कम तापक्रमका कारण बढी जोखिमपूर्ण मानिएको हो । यसअघि १९८४ मा जनवरी १२ मा मासिएज बेर्बेका र राइजर्ड गजेव्स्कीले पहिलो पटक यो हिमाल आरोहण गरेका थिए । स्पेनिस पर्वतारोही एलेक्सले चुनौतिहरूका साथै टोलीको नेतृत्व गर्दै धेरै हप्ताको कडा परिश्रम र तयारीपछि मनास्लुको चुचुरोमा पुग्न सफल भएका हुन । 

एलेक्सले विश्वका १४ वटा अग्ला चुचुरोहरुमध्ये ११ वटाको आरोहण गरिसकेका छन् । एलेक्स, सिमोन मोरो (इटालियन अल्पाइनिस्ट) र अली सदपारासँगै विन्टर सिर्जनमा नंगा पर्वत हिमालको आरोहण गर्ने पहिलो पर्वतारोही बनेका थिए । 

केही महिनाअघि शरद ऋतुमा भएको आरोहणका क्रममा हिउँपहिरो गएर स्वदेशी र विदेशी आरोहीहरुको समेत ज्यान गएपछि एक्स्पेडिशन कम्पनीहरुले मनास्लु हिमाल आरोहणका बाँकी सबै कार्यक्रम रद्द गरेका थिए । आरोहणका लागि बढी जोखिमपूर्ण मानिएको यो हिमालमा पछिल्लो समय जोखिम मोलेर आरोहण गर्ने क्रम बढेको छ ।यसअघि शरद ऋतुमा हिमपहिरोमा परी चर्चित अमेरिकी स्की खेलाडी हिलारी नेल्सनको मृत्यु भएको थियो ।

Advertisement

Advertisement