कर्मा शेर्पाको जीवन संघर्षः ‘एकहप्तामै दुई पटक सगरमाथाको सफल आरोहण’

Advertisement

काठमाडौं । माउन्टेड गाइड कर्मा शेर्पाले हिमाल यात्रा जीवन र मरणको यात्रा भएको बताएका छन् । उनले सन् २०१९ को मे १६–२३ तारिख गरी दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । 

सात पटक सगरमाथा आरोहण
सोलुखम्बुस्थित खरिखोलामा २०४७ सालमा जन्मिएका कर्मा शेर्पाले हालसम्म सातौं पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनले पहिलो पटक २०१६ मा सगरमाथा आरोहण गरेका थिए । उनी भन्छन्, ‘सगरमाथा आरोहण गर्छु भन्न सजिलो छ । तर आरोहण गर्नु सामान्य विषय होइन । उनले भने, ‘यति मात्रै होइन विदेशी पर्यटकलाई गाइड गर्नु झन् कठिन विषय हो । हिमाल यात्रा जीवन र मरणको यात्रा हो।’

Advertisement

उनले सोचेकै थिएन, यसरी एकै हप्तामा दुई पटक सगरमाथाको शीरमा पुग्छु भनेर । त्यो बेला आउट्डोर कम्पनीको एक जना गाइड विरामी भएका कारण उनलाई सगरमाथाको दुई पटक आरोहण गर्ने अवसर जुर्यो । आउट्डोर कम्पनीका एक जना शेर्पा किलिपास भित्र छिरेर खुट्टा फ्याक्चर भएर उद्धार गरेर काठमाडौंमा ल्याइयो । १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेर १७ तारिखमा आधार शिविर पुगेको मात्र थिए, आउट्डोर कम्पनीको दाईले मेरो एक जना शेर्पा गाइटलाई उद्दार गरेको छ, तिमी जाने हो उसको ठाउँमा भनेर भन्नुभयो । 

त्यसअघि १६ तारिखमा हिमालयन एक्स्पडिशनबाट आरोहण गर्न सफल भएको उनले सुनाए । विश्व कीर्तिमान कायम गर्ने सोचले सगरमाथाको दुई पटक आरोहण गरेको होइन । अल्पाइन आउट्डोर कम्पनीको दाईको कुरा सुनेपछि उनी २० तारिख क्याम्प २ मा पुगे, २१ तारिखमा क्याम्प ३, क्याम्प ४ २२ तारिखमा र २३ तारिखमा सगरमाथाको आरोहण गर्न सफल भए । यससँगै अहिलेसम्म उनले सगरमाथाको ७ पटक आरोहण गरी सकेका छन् । कर्माले सन् २०१४ बाट कञ्चनजङ्घा हिमालबाट आफ्नो हिमाल आरोहण सुरु गरेका हुन् । 

त्यस्तै, कर्माले सगरमाथा ७ पटक, मनास्लु ३ पटक, अमा दब्लम ३ पटक, ल्होत्से एक पटक, केटु र व्रोड पिक एक एक पटक सफल आरोहण गरी सके । अगामी वसन्तमा सगरमाथाको आरोहण गर्न लागेका उनले सुनाए ।  

१८ वर्षको उमेरमा काठमाडौं आए
उनी १८ वर्षको उमेरमा काठमाडौं हुँइकिए । पोर्टरबाट काम सुरु गरेर ट्रेकिङ गाइड भएका हुन् । उनका बुबा पनि हिमाल आरोही नै हुन् । आफ्ना बुबा पनि आरोही भएकोले आफू पनि हिमाल आरोहणमा आकर्षित भएका हुन् । उनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । 

विदेश जाने सोच त्यागे, आरोहणमै रमाए
कक्षा १० को पढाइ सकेपछि विदेश जाने सोचेको थिए, आफन्तले विदेश नजान, अलि राम्रो पढ्न, कम्तीमा पनि कक्षा १२ सम्म पढ् भनेपछि आफूमा टे«किङ क्षेत्रमै लागे पनि कक्षा १२ सम्म पढ्छु भन्ने भएर कक्षा ११ मा भर्न गरे, कक्षा ११ मा अध्ययन गर्दागर्दै हिमाल चढ्ने मौका मिल्यो । सगरमाथाको आरोहण गर्ने मौका मिल्यो, तर त्यही कक्षा ११ को परिक्षा पनि परेका कारण पैसा भन्दा परिक्षा ठूलो हो भनेर एक जना दाईले भनेको सुनेपछि फर्किएर परिक्षा दिए । त्यसपछि वसन्तमा सगरमाथाको आरोहण गर्ने मौका पाएको उनले सुनाए । उनले यूएस नेपाल क्लाइमर्स एसोअसिएसनको झन्डा विभिन्न हिमालहरुमा लगेर फराउने गरेका छन् । अमेरिकाको न्यूयोर्कमा रहेको यस संस्थाले नेपालको आरोहीहरुलाई विभिन्न समयमा सहयोग गर्ने गरेका छन् । 

त्यस्तै सन् २०२२ को शरद ऋतुमा विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको रोप फिक्सिङ टिममा संयोजकमा मिङमा डेविड (ग्याबु) शेर्पा, फिक्सिङ टिम लिडरमा पुरबहादुर गुरुङ, टिमको सदस्यमा दावा चेत्तर शेर्पा, मिङ्मार शेर्पा, सन्दीप गुरुङ, पाम दोर्जी शेर्पा, पासाङ निङमा शेर्पा र  कर्मा गेल्जेन शेर्पा चुचुरोमा पुगेका थिए ।

Advertisement

Advertisement