हिमाल आरोहणका लागि १५ जनाले लिए अनुमति, साढे ६ लाख राजश्व संकलन

Advertisement

काठमाडौं । विन्टर सिजन सुरु भएसँगै नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति दिन सुरु भएको छ । जसअनुसार शुक्रबारसम्म १५ जनाले अनुमति लिएका छन् ।  

विन्टर सिजनका लागि पाँच वटा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । 

Advertisement

उनीहरुले चो ओयु (८,२०१ मिटर), धौलागिरी (८,१६७ मिटर), मनास्लु (८,१६३ मिटर), अमा डबलम (६,८१४ मिटर) र चुकिमा गो (६,२५८ मिटर) हिमाल चढ्न अनुमति लिएका हुन् । 

अनुमति लिनेमध्ये १२ जना पुरुष र ३ जना महिलाले अनुमति हुन् । उनीहरुबाट सरकारले ६ लाख ५५ हजार ६३२ रुपियाँ रोयल्टी पनि संकलन गरेको विभागले जनाएको छ ।

Advertisement

Advertisement