तारा एयरको गुल्मी विमानस्थलमा ‘प्रुभिङ’ उडान

Advertisement

काठमाडौं । रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन भएको छ । 

आइतबार बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईनएन एएलओ ट्वीनअटर–४०० वायुयान सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ अवतरण भएको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यसअघि २०७५ जेठ २५ गते तारा एअरले नै सो विमानस्थलमा टेष्ट फ्लाइट गरेको थियो ।

Advertisement

आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने तारा एयरले बताएको छ । नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्ने बर्तौलाले बताए । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने जनाइएको छ । 
 

Advertisement

Advertisement