आज (पुस २६)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल पुस महिनाको २६ गते मंगलबार, माघ कृष्णपक्षको तृतीया तिथि । 

मेष 
भाग्य बलियो रहेको छ । शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा भने अस्थिरताको क्रम भोग्नु पर्ने छ । बोलीमा कटुताका क्रम आउँदा अरुले त्यति राम्रो मान्ने छैनन् । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

Advertisement

वृष
छुच्चो बोलीले काम कुरो बिगार्ने छ । मनमा निराशा क्रम विद्यमान रहने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न हरदम प्रयास गर्नुहोला । यात्रामा समस्याहरु भोग्नु पर्ने चुनौति छ । पेशागत जीवनमा हुने स्थिरताले केही राहत अवश्य प्रदान गर्ने छ । आर्थिक अवस्था औसत रहने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ छ । 

मिथुन 
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा भने धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु पर्ने देखिन्छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जानेछ भने आम्दानी बढाउन बोली प्रभावले साथ दिने छ । यात्राको अवसर मिल्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्न कठिन हुने छ । 

कर्कट
पेशागत जीवन स्थिर हुने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्ना सपना, लक्ष्य तथा प्राप्ति परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना आउने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह
भाग्य बलियो छ । मिठो बोलीबाट कामहरु बन्ने छन् । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नु पर्ने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित हुन मन लाग्ने छ । बाठो खालको व्यक्तित्व हुने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

कन्या
पेशागत जीवनमा चुनौतिसँग जुध्नु पर्ने हुन्छ । मनोबलमा कमि आउने छ । खर्चको मात्रामा बढोत्तरी भए अनुसार आम्दानी नबढ्दा दबाब सृजना हुने छ । परिवारका सदस्यहरुले साथ दिने भएकाले कठिन घडिमा जुध्न मद्धत मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्न कठिन हुने छ । 

तुला
यात्रामा रमाइलो हुने छ । पारिवारिक जीवनमा सुमधुरता छाउने छ । पेशागत क्षेत्रमा सन्तोषजनक उन्नति, प्रगति हुने छ । साथै आफू पनि पेशाप्रति केन्द्रीत हुने स्वाभावको हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

वृश्चिक
पेशागत क्षेत्रमा निभाएको कामको कदर हुनेछ । पेशागत जीवनबाट लाभ मिल्ने छ । मिष्ठान्न भोजनको अवसर जुट्ने छ । भित्रि निर्णय क्षमतामा गिरावट आउने छ । मनमा दुविधाका क्रम पनि कायम नै रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

धनु 
भाग्य बलियो छ । अरुले आफनो बारेमा सकारात्मक मुल्यांकन गर्ने छन् । पारीवारिक जीवनमा पनि उचित कदर हुने छ । बौद्धिक व्यक्तित्व बन्दा बन्दै पनि अव्यावहारिकपना आउने भएकाले एकलकाँटे स्वाभाव बढ्ने छ । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छैन् । 

मकर 
स–साना विषयका उल्झनहरु सुल्झाउनकै लागि समय खर्चिनु पर्ने छ । भाग्यहिनताको अनुमूतिले निरन्तर पछ्याउने छ । पारिवारिक द्वन्दका कारण भेटघाटहरु नमिठा बन्ने छन् । मनमा अशान्तिले सताउने छ । पेशागत क्षेत्र भने औसत खालको रहने छ । आम्दानीमा गिरावट आउने छैन् । शेयर बजारबाट लाभ मिल्न कठिन हुने छ ।

कुम्भ 
पेशागत जीवनमा धेरै संघर्ष गर्नुपर्ने छ, उतारचढाव आउने छ । आम्दानीमा पनि चुनौति देखिन्छ । कठिन क्षणमा पनि निरन्तर उभिने व्यक्तित्व भने हुने छ । धेरै जोखिम भन्दा औसतको यात्रा नै यतिखेर उत्तम हुने देखिन्छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा आउने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

मीन
सहयोगी र सामाजिक स्वाभाव हुने छ । समाजबाट कदर पाइने छ । तर व्यक्तित्वमा कडापना रहने भएकाले यसबारेमा ध्यान दिनु होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर खालका समस्या देखा पर्ने छन् । शेयर क्षेत्रबाट भने भने लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement