आज (पुस २७)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल पुस महिनाको २७ गते बुधबार, माघ कृष्णपक्षको चतुर्थी तिथि । आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती रहेको छ ।

मेष
परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । 

Advertisement

वृष
अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । राखिएका लक्ष्य वा सपना पुरा हुन कठिनाई हुने भए तापनि निरन्तर प्रयासरत रहनु होला । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । 

मिथुन 
मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुने छ । आम्दानीमा कमि आउने छ । 

कर्कट
साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । 

सिंह
रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । मनमा निराशा भावले पिरोल्ने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । जसले गर्दा मनमा उदासिनता बढाउने छ । 

कन्या
पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । 

तुला
भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ । 

वृश्चिक
विचारमा सन्तुलन आउने छ । आम्दानीमा मध्यमस्तरको बृद्धि हुने छ । जोखिम उठाउने तागममा बृद्धि हुँदा नयाँ नयाँ क्षेत्रमा हात हाल्न मन लाग्ने छ । परिवारमा भने भरोसामा कमि आउने छ । स्वास्थ्यमा सुधार आउने छ । तर यात्रामा कठिनाई अवस्था आउने छ ।

धनु 
पेशागत जीवनमा लाभ र करद मिल्ने छ । अरुको विश्वास जित्न सक्ने भएकाले कार्य सफलता मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा पनि बृद्धि देखा पर्दा आर्थिक उन्नति हुने छ । साझेदारीमा भने समस्या देखिने छ । 

मकर 
व्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । आम्दानीमा पनि हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् । 

कुम्भ 
व्यक्तित्वमा दृढता आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पारीवारिक मिलन हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । आम्दानीमा कमि आउने हुँदा आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ । 

मीन
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । पेशागत जीवनमा बादबिबादमा फस्ने स्थिति आउने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement