पूराना कपडालगायतका सामान बिक्री गर्ने हो ? एन्टिडोट नामक कम्पनीले सुरु गर्यो सेवा

Advertisement

काठमाडौं । एन्टिडोट नामक पूराना सामानहरु खरीद बिक्री गर्ने कम्पनीले ‘फर्स्ट डिजिटल थ्रिफ्ट स्टोर’को सुरुवात गरेको छ । दुई बर्षअघि सञ्चालनमा आएको यस कम्पनीले सञ्चालनमा ल्याएको यस अनलाइन स्टोरमा लग–इन गरी आफूले प्रयोग गरिसकेका लत्ता कपडा, किताब, एसेसरिज् र जुत्ता चप्पल, श्रृंगारका सामान जस्ता सामानहरु बिक्री–वितरण गर्न सकिने छ । 

एन्टिडोट गोको हालसम्म उपत्यकाका न्यूरोड, धोबिघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबहिल, जडिबुटी, सूर्यबिनायक, महाराजगञ्ज, पुल्चोक र कुपण्डोलमा सीमित भएपछि कम्पनीले यसवर्षको अगस्टको अन्त्यसम्म दुई शहरहरुमा पिकअप सर्भिसको विस्तार गर्दैै १० शहरको ५० स्थानहरुमा सेल्फ ड्रप सुबिधा बिस्तार गर्ने योजना बनाएको छ । यस कम्पनीका सञ्चालक मनिष थापाले भने, ‘हामी विगत १२ महिनादेखि सेवाग्राहीसँग व्यापक सम्पर्क तथा छलफलमा छौँ । हाम्रो क्रेता र बिक्रेतालाई ध्यानमा राखेर हरेक प्रोडक्टहरु तयार पारिएको छ ।’

Advertisement

कम्पनीमा प्राविधिक पक्ष हेर्दै आएका आतिश दुवे र विकास पनेरुले खरीदकर्ता र बिक्रेताको गुनासो सम्बोधन गर्नु नै आफूहरुको पहिलो प्राथमिकता भएको बताए । पनेरुले हरेक महिना बिक्रेताका लागि अनलाइन स्टोरमा  नयाँ विशेषता र सुविधा थप गर्ने कम्पनीको योजना रहेको बताए ।

बिक्रेताको रूपमा काम सुरू गर्न चाहने जोकोहीले एन्टिडोटको ‘सेलर पोर्टल’मा आफ्नो अकाउन्ट खोली तुरुन्तै सामान बिक्री गर्नसक्ने थापाले बताए । उनले बिक्रेताले आफूले बेच्न चाहने वस्तुहरु धोईसकेपछि वा सफा गरेपछि काठमान्डौं उपत्यकामा रहेका १३ वटा ‘सेल्फ–ड्रप लोकेसन’मा छोड्नसक्ने बताए । 

थापाले आफूहरुले घरैबाट पनि सामान पिक–अप गर्नसक्ने बताउँदै आफूहरुलाई बोलाए सो सुविधा दिने बताए । हालसम्म काठमाडौं उपत्यकाको नयाँ सडक, धोबीघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबाहिल, जडिबुटी, सूर्यविनायक, महाराजगंज, पुल्चोक र कुपन्डोलमा सञ्जाल सीमित भए पनि कम्पनीले यस वर्षको अगस्टको अन्त्यसम्म दुई शहरहरूमा ‘पिक–अप सर्भिस’को विस्तार गर्दै १० शहरको ५० स्थानहरूमा ‘सेल्फ–ड्रप’को सुवीधा विस्तार गर्ने योजना रहेको उनले बताए । 

कम्पनीका अनुसार सामान बिक्री भइसकेपछि बिक्रेताले कमिशन प्राप्त गर्नेछन् । सामान बिक्री भएपछि बिक्री भएको मूल्यको ८० प्रतिशत बिक्रेतालाई दिइने छ भने २० प्रतिशत एन्टिडोटले कमिशनवापत रकम लिनेछ । सामान बिक्री भएको ६० दिनसम्म पनि बिक्री भएन भने बिक्रेताले सामान फिर्ता लान पनि सक्ने वा कुनै सामाजिक संघसंस्थालाई पनि दान गर्नसक्ने थापाले बताए । 

एन्टिडोटले बिक्रेताहरूबाट सामान पिकअप गर्ने (बिक्रेताको अनुरोधमा), भण्डारण गर्ने, फोटोग्राफी, डेलिभरी, रिटर्न ह्यान्डलिङलगायतको पेमेन्टको जिम्मा पनि लिनेछ । एन्टिडोटको नयाँ डिजिटल थ्रिफ्ट स्टोरले कुनै पनि ई–कमर्स पसलमा हुने सबै सुविधाहरू प्रदान गर्ने बताउँदै थापाले यसले खरिदकर्तालाई वस्तुहरू फेला पार्न, मूल्यहरू तुलना गर्न, उत्पादनहरू साट्न, र अर्डर गर्न सजिलो बनाउने बताए । 

उनले यो एकदमै नयाँ र फरक खालको व्यवसाय भएकाले यसको सामान्यीकरणका लागि कम्पनीले पहल गरिरहेको बताए । थापाले पहिलो पाँचसय खरीदकर्ताले ‘एन्टिडोट डिस्काउन्ट अफर’स्वरुप एक हजारभन्दा माथिको अर्डरमा निःशुल्क डेलिभरीको लाभ पाउने बताए । एन्टिडोटले हालसम्म पाँच हजारभन्दा बढी बिक्रेताहरूलाई ९० हजार भन्दा बढी प्रयोग गरिएका वस्तुहरू बिक्री गरिसकेको जनाइएको छ । 

Advertisement

Advertisement