Advertisement

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि आकर्षक शैक्षिक संस्थाको रुपमा परिचित बन्न पुगेको छ । समयसापेक्ष शिक्षा प्रणाली, अनुभवी शिक्षक, प्रविधिमैत्री अध्यापन प्रणाली, विश्व बजारको मागअनुसारका विषयहरु, राम्रो भौतिक पूर्वाधारलगायतका कुराले ब्रिटिस कलेज अब्बल शैक्षिक संस्थाको रुपमा गनिन पुगेको हो । कलेजका सिनियर लेक्चरर मर्जर मल्लिक ‘साइबर सेक्युरिटि एण्ड  डिजिटल फरेन्सिस’ शिक्षाको महत्व विश्वव्यापी रुपमा बढ्दै गएको बताउँछन् । उनीसँग गरिएको छोटो कुराकानीः

सबैभन्दा पहिला तपाईंलाई कसरी चिन्दा राम्रो होला ?
म इङ्ल्याण्डको विश्वविद्यालयसँग विगत छ वर्षदेखि आवद्ध छु । नेपालका लागि म सिनियर लेक्चररको रुपमा आएको हुँ ।

Advertisement

ब्रिटिस कलेजसँग तपाईंको यो आवद्धता पहिलो हो ? 
म नेपालमा विगत चार महिनाअघि मात्रै आएको हो । नेपालमा यो मेरो पहिलो भ्रमण पनि हो । 

तपाईं नेपाल आउन किन तयार हुनुभयो ? 
हामीले व्यवसायभन्दा पनि प्रविधिमा सचेतता बढाउनुपर्छ भन्ने सन्देश फिँजाउन जरुरी छ । सोही योजनाअन्तर्गत म नेपाल आएको हो । मैले अध्ययन गरेको विषय पनि त्यही हो । यही विषयमा काम गर्न म लागिपरेको छु ।

साइबर सेक्युरिटि र डिजिटल फरेन्सिस विषयको बारेमा के भन्न चाहानुहुन्छ ?
यसमा लाखौंलाई जागिर तथा रोजगारीको अवसर छ । एकातिर यस खालको जोखिम पनि बढिरहेको अवस्था छ भने अर्कातिर उपयुक्त जनशक्तिको अभाव पनि दिनप्रतिदिन बढ्दो छ । जनचासोको हिसाबले हेर्दा विश्वव्यापी रुपमा नै सूचना प्रविधिमा सबैको चासो बढ्ने क्रममा छ ।

यो विषय अरुभन्दा के कुरामा फरक छ ? 
यसमा हामीले प्रविधिका समस्या समाधान गर्ने मात्र नभई त्यस्ता समस्यालाई भविष्यमा दोहोरिन नदिन कसरी सचेत रहने भन्ने हो । साइबर सेक्युरिटि र डिजिटल फरेन्सिस विषयलाई आधार बनाएर विद्यार्थीलाई सुरक्षा मापदण्डका बारेमा शिक्षित गर्न लागिपरेका छौं । 

साइबर सेक्युरिटि र डिजिटल फरेन्सिस विषयबाट विद्यार्थीहरुले के कस्ता सीप र ज्ञान आर्जन गर्नसक्छन् ?

यसको मुख्य उद्देश्य भनेको खोज र अनुसन्धानमा सहयोग गर्ने भन्ने हो । यसले विद्यार्थीहरुलाई आफ्नो शिक्षा पूरा गर्न मात्र नभई निकट भविष्यमा उनीहरुलाई आफ्नो सीप तथा क्षमता विकासमा समेत सघाउँछ । त्यसरी सीप वृद्धि गर्दा विद्यार्थीहरुले समाजमा आवश्यक रहेको प्रविधिको बजारको मागलाई समेत सम्बोधन गर्न सक्ने, साइबर जोखिम न्यूनीकरण गर्नसक्ने गरी उनीहरुलाई विकास गर्दै आएका छौं । प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो । यस्ता विषयमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन नसक्किँदा नै जागिर पाउने अवस्था छ । 

तपाईंहरुको आगामी थप योजना के के छन् ?
हामीले ब्रिटिस कलेजसँग सहकार्य गरेर नेपालमा पनि अन्य धेरै कार्यक्रमहरु ल्याउने योजना गरेका छौं । अबको पाइपलाइनमा रहेको योजना भनेको  आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा काम गर्ने भन्ने रहेको छ ।

नयाँ पुस्ता र विद्यार्थीहरुलाई के सन्देश दिन चाहानुहुन्छ ?
विद्यार्थीहरुले सही समयमा उपयुक्त विषयहरुको अध्ययन पूरा गर्नुपर्छ । हरेक विषयको अध्ययन सामूहिकरुपमा गर्दा राम्रो हुन्छ । विद्यार्थीले मेहनत गर्नुपर्छ । सफलता पाइहालिन्छ । 

डिजिटल डिभाइसका तथा प्रविधिको गलत प्रयोगका विषयमा के भन्नुहुन्छ ?
सकारात्मक कामका लागि विद्यार्थीहरुले इन्टरनेटको प्रयोग गर्नुपर्छ । यसबाट लाभ लिनुपर्छ । यस विषयको अध्ययन पूरा गर्नुपर्छ । इन्टरनेट अध्ययनका लागि प्रयोग गर्दा यसले राम्रो नतिजा दिन्छ । बेकारमा समयको नष्ट गर्नुभन्दा पनि इन्टरनेको प्रयोग गरेर विद्यार्थीहरुले अवसरको खोजी गर्नुपर्छ । यसको प्रयोग गरेर धेरै किसिमका अवसर खोज्न सकिने अवस्था छ । 

Advertisement

Advertisement