काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदको फैसला गरेको छ ।
कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख रुपियाँ घुस मागेको अडियो सार्वजनिक भएपछि यस प्रकरणको छानविन अघि बढेको थियो । अडियो बाहिर आएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए ।