तेईस प्रतिशतले बढ्यो रेमिट्यान्सः पाँच महिनामा चार खर्ब ८० अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेका हो ।  

Advertisement

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.४८० अर्ब ५० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

Advertisement

Advertisement