क्रिकेटर संदीप आज रिहा हुँदै, धरौटी बुझाइयो, कप्तान पद निलम्बन फुकुवा गर्न माग

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइएका क्रिकेटर सन्दीप लामिछानेलाई आज शुक्रबार रिहा गरिँदैछ । 

उनको तर्फबाट २० लाख रुपियाँ धरौटी बुझाउने काम सम्पन्न भएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका संदीपलाई रिहा गर्न जनस्तरबाट चर्को दबाब थियो । रिहा हुने भएसँगै उनका फ्यानहरु खुशी भएका छन् । 

Advertisement

बलात्कारको आरोप लागेर पक्राउ परेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनबाट निलम्बित भएका संदीपलाई पुनः क्याप्टेन बन्न उच्च अदालतको आदेशले बाटो खुलेको उनका वकिलले बताएका छन् । विदेश जाँदा अनुमति लिएर मात्रै जानुपर्ने शर्तका साथ धरोटीमा रिहा भएका संदीप पुनः क्रिकेट मैदानमा फर्किनसक्ने र क्याप्टन हुनसक्ने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे आज बताए ।

संदीपलाई प्रक्रिया पुर्याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइ तारेख लिएर छुटाइँदैछ । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनको क्याप्टेन पद निलम्बनमा छ । संदीपलाई स्वागत गर्न उनका शुभचिन्तकहरु यतिबेला प्रतिक्षामा छन् । 

Advertisement

Advertisement