यस पटक म राम्रा बाहेकका काम गर्दैगर्दिन: दाहाल, ‘हस्तकला विकासको अर्गानिक क्षेत्र हो’

Advertisement

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई देशैभर बिस्तार गर्ने बताएका छन् । शुक्रवार आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारणसभामा उनले हस्तकला उद्योगलाई प्रवर्द्धन गर्ने कामको थालनी भइसकेको बताउँदै हस्तकला क्षेत्र नेपालका लागि विकासको अर्र्गानिक क्षेत्र भएको बताए । 

नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवर्द्धनमा सरकार लाग्ने दाहालको भनाई छ । उनले हस्तकला क्षेत्र राम्रोसँग प्रवद्र्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने बताए ।  

Advertisement

दाहालले भने, ‘हस्तकलाको क्षेत्र विकासको अर्गानिक क्षेत्र हो । नेपालकै वस्तुहरुको प्रयोग गरेर, नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरेर विश्वभर व्यापार गर्नसकिने र दिनप्रतिदिन बढाउँदै लैजान सकिने एउटा असिमित सम्भावना भएको क्षेत्र हो हस्तकला । यो क्षेत्रलाई राम्रोसँग प्रवर्द्धन गर्न सकियो भने देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउन सक्छौँ । विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्छ । हाम्रो लागि सम्भावना धेरै भएको क्षेत्र हस्तकलाको क्षेत्र हुनसक्छ ।’

आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको दोहोर्याउँदै दाहालले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको बताए । उनले जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताए । दाहालले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्ने पनि बताए । 

उनले हस्तालालाई शिक्षा क्षेत्रमा प्रवेश गराइ पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला क्षेत्रमा बजेटको व्यवस्थापन हुने बताए । दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि स्वीकार गरे । 

Advertisement

Advertisement