विदेशमा कुनै पनि उद्देश्यले लगानी गर्ने र रकम जम्मा गर्ने काम नगर्न राष्ट्र बैंकको चेतावनी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा कुनै पनि उद्देश्यले लगानी गर्ने र रकम जम्मा गर्ने काम नगर्न सबैलाई चेतावनी दिएको छ । राष्ट्र बैंकले आज शुक्रबार एक सुचना प्रकाशित गरी त्यस्तो गर्ने गराउने गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो । 

पछिल्लो समयमा दुवईलगायतका ठाउँमा नेपालीले महंगा भिल्लाहरु खरीद गरेको, कतिपय ठूला उद्योगीहरुले विदेशमा लगानी गरेको समाचार आएपछि राष्ट्र बैंकको यस्तो सुचना आएको हो । 

Advertisement

सुचनामा भनिएको छ, ‘विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा १० (क)ले विदेशमा लगानी गर्न प्रतिवन्ध गरेको छ र सोही ऐनको दफा ९(ग)ले यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्वन्धी कार्य गर्न प्रतिवन्ध गरेको हुँदा नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घर–जग्गा खरीद, धितोपत्र खरीद, सम्पत्ति खरीद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्वन्धी प्रचार–प्रसारसमेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्वन्धी कार्य गर्ने÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ का दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सुचना प्रकाशित गरिएको छ ।’   

Advertisement

Advertisement