कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । यही गएको पुस ४ बाट सुरु भएको ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । 

पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यससम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको कम्पनीले जानकारी दिएको हो । 

Advertisement

समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने उद्देश्य सञ्चालित यो कार्यक्रम पुस २२ गते सीप विकास तालिम केन्द्र कुस्माको सभाहलमा सम्पन्न भयो । 

केन्द्रका कार्यालय प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागी थिए । महालक्ष्मी लाइफका धौलागिरी प्रमुख जमुना आचार्यले यस किसिमको सीपमूलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने बताइन् । 

सहभागीको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाइफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गरे । 

यस्तै, पुस २४ गते गौर नगरपालिकामा यो कार्यक्रम सम्पन्न भयो । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा कम्पनीका गौर प्रमुख राजेशकुमार साहले स्वागत गरेका थिए । कुल ६५ जना सहभागी तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई र बजार विभाग प्रमुख प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । 

साथै, धनुषाको ढल्केवरमा पुस २५ गते सम्पन्न महिला सशक्तिकरण तालिममा स्थानीय जनप्रतिनिधि र महिला समेत गरी ११५ जना सहभागी थिए । कार्यक्रममा सीईओ भट्टराई र बजार विभाग प्रमुख धमलाले प्रशिक्षण दिएका थिए । कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरले स्वागत मन्तव्य दिएका थिए । 

पुस २६ गते इटहरीको आईटीसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलालाई रोजगारी र आय आर्जनसम्बन्धी तालिम प्रदान गरियो । सौन्दर्यसम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको हो । 

Advertisement

Advertisement