वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई बुझायो ३३ करोड ऋणको किस्ता

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ ऋणको किस्ता बुझाएको छ । निगमले पुस २९ गते यो रकम कोषलाई बुझाएको हो । 

कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको जनाइएको छ । निगमभित्रको बेथिति र राम्रो व्यवसायिक योजनाको अभावका कारण राम्रो व्यवसाय गर्न नसक्दा उसले जहाज खरीदको ऋण तिर्न ढिलाई हुँदै आएको छ । 

Advertisement

सक्षम र व्यवसायिक नेतृत्व नहुँदा पछिल्लो समय निगमको अवस्था झन कमजोर हुँदै आएको छ । 

Advertisement

Advertisement