अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटना, विमान पूरै जलेको अवस्थामा

Advertisement

काठमाडौं ।  पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य रहेको समाचार प्राप्त भएको छ । 

उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी थिए ।

Advertisement

काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर ७२ विमान पोखरा नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

पोखरामा भर्खरै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलको पाँच माइल नजिकै सेती नदीको खोचमा खसेर विमानमा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

आज बिहान १०ः५० बजे विमान दुर्घटना भएको हो । उद्धार जारी रहेको छ । विमान पूरै जलेको छ । 

पोखरामा दुर्घटनाग्रस्त विमानमा क्याप्टेन कमल केसी, ६८ जना थिए यात्रु

पोखरामा  यति एयरलाइन्सको विमान दुर्घटना !

Advertisement

Advertisement