यति एयरलाइन्सका सोमबारका सबै उडान रद्द

Advertisement

काठमाडौं । यती एयरलाइन्सले सोमबारका सबै उडान रद्द गरेको छ । आज आइतबार आफ्ना विमान पोखरामा दुर्घटना भएर ठूलो जनधनको क्षति भएका उसले भोलिका सबै उडान रद्द गरेको हो । 

आइतबार सूचना जारी गर्दै यतीले उक्त कुराको जानकारी गराएको हो । सोमबार आपतकालीन र उद्धारका उडान भने हुने उसले जनाएको छ ।

Advertisement

पोखरामा यतीको एटीआर ७२ जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । 

Advertisement

Advertisement