वैदेशिक रोजगारीमा जानेको संख्या शुन्यमा झार्ने नयाँ श्रम तथा रोजगारमन्त्रीको प्रतिवद्धता

Advertisement

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानेको संख्या शुन्यमा झार्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार पदभार ग्रहण गर्ने क्रममा उनले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताए । 

अर्यालले नेपालीहरुलाई विदेश जार्नुपर्ने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने बताउँदै नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । 

Advertisement

नेपालीले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ भन्दै उनले स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक हुने बताए । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने अर्यालको भनाइ छ । उनले भने, ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ । त्यसको निराकरणका लागि मैले काम गर्छु ।’

मन्त्री अर्यालले मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्ने बताए । उनले बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने बताए । 

Advertisement

Advertisement