कृषिको बजेट कतै पनि दुरुपयोग नहोस्ः कृषिमन्त्री

Advertisement

ललितपुर । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन् । उनले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्ययोजना रहेको पनि स्पष्ट पारेकी छन् । 

कृषि विभागले बुधबार गरेको कार्यक्रममा साहले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहो¥र्याइ् । 

Advertisement

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् । साहले भनिन्, ‘हामी जनताको सेवाको लागि उभिएका छौं । हामी सचिवसहितका सबै कर्मचारीहरुले काम गरिरहेको अवस्था छ । कोहीको क्षमता कम होला, कसैको बढि । मेरो एउटा दायित्व के बन्न जान्छ भने निर्देशन दिने दायित्व बन्न जान्छ फेरि । मन्त्री भएको हिसावले अनुगमनको माध्यामबाट कुन कर्मचारीलाई कसरी संरक्षण गर्ने ? जसले आफ्नो काममा दिनरात मेहनत गरेको छ भने उसलाई पुरस्कारको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । प्रमोशनको व्यवस्था गरि दिनुपर्ने हुन्छ ।’ 

साहले थपिन्, ‘राम्रो गर्नेलाई राम्रो तरिकाले उत्साहित गरिदियो भने त्यसले अझ मेहनत गर्दै जान्छ । यदि मेहनत ग¥यो । अनि फेरी कोही खराव मान्छे उछिटिएर आयो भने उसको हिम्मत घटदै जान्छ । ए, मेहनत गरे पनि केही नहुँदो रहेछ । खरावै काम गर्नुपर्ने रहेछ । खरावैको बाटो देखाई दिन्छ । यो चिजबाट होशियार हुन जरुरी छ । भएको बजेटलाई हामी सदूपयोग गर्ने । काखापाखा नगरीकन कर्मचारीलाई सही तरिकाले सही बाटोमा हिँडनका लागि कडा निर्देशन गर्न जरुरी छ । र, त्यो निर्देशनमा तपाईहरु हिँडनु हुनेछ भन्ने मैले विश्वास गरेको छु । पक्कै पनि त्यो निर्देशनलाई तपाइँहरुले पालना गर्नु हुनेछ । किनकी कृषि सम्बन्धि आएका बढि कर्मचारीहरु कृषिको यथार्थता बुझेर आएको हुनाले जनताको समस्या, किसानको समस्या बुझेरै तपाईहरु अगाडि बढिरहनु भएको छ । त्यो मलाई राम्रोसँग थाहा छ ।’

मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन् । उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको समेत बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाई थियो । 

Advertisement

Advertisement