हेलिकप्टर दुर्घट्ना हुँदा मन्त्रीसहित १८ जनाको मृत्यु

Advertisement

किएभ । युक्रेनको राजधानी किएभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनको आन्तरिक मामिलासम्वन्धी मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । 

शिशु पाठशाला नजिक बुधबार भएको यस दुर्घटनामा आन्तरिक मामिलासम्वन्धी मन्त्री डेनिस मोनास्ट्रास्केको समेत ज्यान गएको हो । युक्रेनका राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले दुर्घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि गरेका छन् । 

Advertisement

तीन जना बालबालिकाको समेत ज्यान गएको जनाइएको यस हेलिकप्टर दुर्घटनामा घाइते भएका १० जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटना हुँदा पाठशालामा कर्मचारी र बालबालिका थिए । स्रोतः एजेन्सीहरु

Advertisement

Advertisement