कृषि विकास बैंक कर्मचारी संघद्वारा आयोजित कार्यक्रममा १ सय ४७ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । कृषि विकास बैंकको ५६औँ वार्षिककोत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिका संयोजक रामबहादुर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय ४७ जनाले रक्तदान गरेका थिए । 

Advertisement

पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पेशागत महासंघ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका संचालक समिति सदस्य संजिव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मप्रसाद मैनाली, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका संयोजक लिला जिसी लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरु, युनियनका प्रतिनिधिहरुलगायत उपत्यकाभित्र रहेका कर्मचारीहरुको उपस्थिति संस्थाका सह–संयोजक सुरेशकुमार क्षेत्रीले बताए । 

नेपाल रेडक्रस सोसाईटीले सहजीकरण गरेको उक्त कार्यक्रम हरेक वर्ष बैंकको वार्षिकोत्सवका अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपालले आयोजना गर्ने गरेको संगठन विभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिए ।

Advertisement

Advertisement