डीएचआईको टेक्नोलोजी पार्टनर भयो ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डीएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । 

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो । 

Advertisement

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विद्युतीय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरको रुपमा भित्राउन डीएचआई सफल भएको छ । 

यो सम्झौता पश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  

Advertisement

Advertisement