वैदेशिक रोजगार व्यवसायलाई सम्मानित बनाउन ऐन सशोधनका लागि सरकार तयार छः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् । 

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साधारणसभामा उनले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताए । 

Advertisement

दाहालले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरु रोक्न व्यवसायीहरुको सहयोगको आवश्यकता रहेको बताउँदै समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए । 

दाहालले भने, ‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिका तथ्यहरु नभएको होइनन् । समय अनुसार यो व्यवसायलाई सम्मानित पारर्दर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भएको छ । अहिले रोजगारी ऐन २०६४ परिर्माजन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हीतलाई उच्च प्राथमिकताका साथ श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पतीको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो । श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि कुनै कसर बाँकी राख्नेछैन । मैले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्नुछ । त्यसको लागि सबैको सहयोगको आवश्यकता रहन्छ । व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ । व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ ।’
 

Advertisement

Advertisement