काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकट राजेन्द्र भण्डारी विजयी भएका छन् ।
भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा भुवनसिंह गुरुङले १५७ मत, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरे ।
त्यसैगरी प्रथम उपाध्यक्षमा डिकबहदुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिब मा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भएका छन् ।
सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा), आनन्दप्रसाद कोइराला, बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।