रौतहटकी कथाकार जिसीको ‘सनेस’ राजधानीमा सार्वजनिक

Advertisement

काठमाडौं । कथाकार रेणुका जिसीको कथा संग्रह ‘सनेस’ शनिबार राजधानीमा सार्वजनिक भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त कथा संग्रह विमोचन गरिएको हो ।

Advertisement

समालोचक तथा लेखक राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी, लेखिका जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन् ।

शिखा बुक्सले बजारमा ल्याएको उक्त संग्रहमाथि समालोचकद्वय बानियाँ र अधिकरीले विमर्श गरेका थिए ।

कृतिमाथि टिप्पणी गर्दै समीक्षक अधिकारीले पहाड र तराईका महिलाका विषय सुन्दर रुपमा कथामा आएको बताइन् । अर्का समालोचक बानियाँले कृतिमा उठाएका केही घटना नयाँ रहेको र लेखकको प्रयास राम्रो रहेको बताए । 

‘सनेस’ मा तराई र पहाडी परिवेशमा लेखिएका १२ ओटा कथा रहेका छन् । कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

 

रौतहट जिल्लाकी लेखिका जिसी शिक्षण पेशामा आबद्ध छिन् ।  

Advertisement

Advertisement