राष्ट्रिय स्तरका विकास बैंक: तीन वटाको नाफा बढ्दा अरुको घट्यो (सूचीसहित)

Advertisement

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले आव २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
 
बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार तीन वटा विकास बैंकले नाफा बढाउँदा पाँच वटाको भने घटेको छ । 

समीक्षा अवधिमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ६३ करोड ६२ लाख नाफा कमाएको छ । रकमका आधारमा मुक्तिनाथ पहिलो भए पनि प्रतिशतका आधारण शाईन रेसुङ्गाले २३.१८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गरिमा विकास बैंकले १.८६ प्रतिशतले नाफा बढाएको छ । 

Advertisement

समीक्षा अवधिमा सांग्रिला, लुम्बिनी, महालक्ष्मी, कामना र ज्योति विकास बैंकको नाफा घटेको हो । सबैभन्दा बढी ज्योति विकास बैंकको ८९.९० प्रतिशतले नाफा घटेको छ ।  

 वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)

दोस्रो त्रैमाससम्म कुन विकास​ बैंकको वित्तीय अवस्था कस्तो ? 

१. मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले चालु आव २०७९/८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंक अपरिष्कृत वित्तीय विवरण अनुसार ६ महिनामा ६३ करोड ६२ लाख रुपियाँ खुद नाफा कमाएको हो । गत आवको समीक्षा अवधिमा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आव भन्दा चालु आवको समीक्षा अवधिमा ३.९६ प्रतिशत नाफा बढाएको हो । 

बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपियाँ हुँदा खुद ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.९६ प्रतिशत मात्र बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपियाँबाट बढेर ४४ करोड १७ लाख रुपियाँ पुगेको छ। प्रतिशेयर आम्दानी १ रुपियाँ ७९ पैसा घटेर १९ रुपियाँ ५१ पैसामा झरेको छ। मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपियाँ ९६ पैसा रहेको छ ।

२. गरिमा विकास बैंक
गरिमा विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ५० करोड २१ लाख रुपियाँ नाफा कमाएको छ ।  गत आवको समीक्षा अवधिमा ४९ करोड २९ लाख नाफा कमाएको थियो । यसरी हेर्दा बैंकले १.८६ प्रतिशतले नाफा बढाएको छ । 

बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म १ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २२.९२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ। 

बैंकले ७१ अर्ब ९६ करोड रुपियाँ निक्षेप संकलन गरी ५९ अर्ब ५८ करोड कर्जा लगानी गरेको छ । निष्क्रिय कर्जा (एनपीएल) बढेर १.८९ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १९.३६ रुपियाँ कायम भएको छ । बैंकको पीई रेसियो १९.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५.९८ रुपियाँ छ । 

३. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड ९६ लाख रुपियाँ नाफा कमाएको छ । गतवर्ष समीक्षा अवधिमा ३४ करोड ८८ लाख नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले नाफा नाफा २३.१८ प्रतिशतले बढाएको हो । १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चुक्तापुँजी ४ अर्ब २८ करोड रहेको बैंकको रिजर्भको आकार ३१.०४ प्रतिशतले बढेर १ अर्ब ४३ करोड पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकले ४९ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । निष्क्रिय कर्जा (एनपीएल) बढेर १.३१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.०६ रुपियाँ, पीई रेसियो १७.२१ गुणा र प्रतिशेयर नेटवर्थ १३६.२१ रुपियाँ छ । 

४. महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा कमाएको छ । गतवर्ष समीक्षा अवधिमा ४५ करोड ६२ लाख नाफा कमाएको थियो । यसरी तुलनात्मक रुपमा हेर्दा  नाफा ३०.७४ प्रतिशतले घटेको छ । १ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ । चुक्तापुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ७.९१ प्रतिशतले बढेर २ अर्ब २ करोड पुगेको छ। 

बैंकले ४७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । निष्क्रिय कर्जा (एनपीएल) बढेर ४।५७ प्रतिशत पुगेको छ । सीडी रेसियो ८५.८९ प्रतिशत रहेको बैंकको आधार दर १२.७० प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५.७६ रुपियाँ कायम भएको छ। 

५. कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १९ करोड ५८ लाख रुपियाँ नाफा कमाएको छ । गतवर्ष समीक्षा अवधिमा ३४ करोड ३६ लाख नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा नाफा ४३ प्रतिशतले घटेको हो । समीक्षा अवधिसम्म बैंकले १ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको छ । चुक्तापुँजी ३ अर्ब १४ करोड रुपियाँ रहेको बैंकको रिजर्भको आकार १ अर्ब ४१ करोड पुगेको छ । 

बैंकले ४७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । एनपीएल बढेर ३.७० प्रतिशत पुगेको छ। चुक्तापुँजी ३ अर्ब १४ करोड रहेको बैंकको रिजर्भको आकार ३३.२९ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकले ४७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । 

६. सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २० करोड ७३ लाख खुद नाफा कमाएको छ । गतवर्ष समीक्षा अवधिमा २६ करोड १८ लाख नाफा कमाएको थियो । बैंकको नाफा २०.७९ प्रतिशतले घटेको हो । 

चुक्ता पुँजी ३ अर्ब १ करोड रुपियाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६ करोड रुपियाँ छ । प्रतिशेयर आम्दानी ११ रुपियाँ पैसा र प्रतिशेयर नेटवर्थ रु. १४४.५१ छ । एनपीएल बढेर ३.७० प्रतिशत छ । 

७. ज्योति विकास बैंक
ज्योति विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ४७ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा ३४ करोड ४० लाख नाफा आर्जन गरेको थियो । बैंकले नाफा ८९.९० प्रतिशतले घटाएको हो । 

चुक्तापुँजी ४ अर्ब २६ करोड बैंकको रिजर्भको आकार १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । बैंकले ५५ अर्ब ८० करोड निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड कर्जा परिचालन गरेको छ। एनपीएल बढेर ३.५२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) १.६३ रुपियाँ, पीई रेसियो १९३.८६ गुणा र प्रतिशेयर नेटवर्थ १३३.३० रुपियाँ छ । 

८. लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंक चालु आवको दोस्रो त्रैमासमा २६ करोड १० लाख नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा ३५ करोड १७ लाख कमाएको थियो । यसरी तुलना गर्दा बैंकको नाफा २५.७८ प्रतिशतले नाफा घटेको छ । 

Advertisement

Advertisement