बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने, हामीले कुनै सुचना लुकाएको छैन्ः बस्नेत

Advertisement

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् । 

आईतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतिको सामना गर्नेगरी काम गरिरहेको बताए । बस्नेतले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताए । 

Advertisement

उनले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने बताए । बस्नेतले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मत लगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको बताए । 

नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौति थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताउँदै उनले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरको बताए । बसनेतले हवाई उडान, उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए । 

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको बताए । बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरु धेरै वर्ष पुराना विमानहरु नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर अन्तरक्रिया कार्यक्रममा जानकारहरुले विमानहरु पूरानो नहुने जिकिर गरे । 

उनीहरुले विमानहरु मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताए । बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत  र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको दावी गरेको थियो । 

Advertisement

Advertisement