आज (माघ ९)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको ९ गते सोमबार, माघ शुक्लपक्षको द्वितीया तिथि छ । 

मेष
पेशागत जीवनमा द्वन्दात्मक वातावरणको सामना गर्नुपर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफुले गुमाउनु पर्ने चुनौति रहेकाले पहिले नै सतर्क रही पाइला चालेमा ठीक हुने छ । समयमा बुद्धि आउने छैन्, जसले गर्दा आवश्यक ठाउँमा आवश्यक कदम चाल्न कठिन हुने छ । अरुलाई प्याच्च भन्ने स्वाभावले परिस्थिति बिगार्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
मनमा निराशाका विचार बढि मात्रामा आउने छन् । भाग्यको साथ नरहेकाले राम्रो गर्दा गर्दै पनि अपजसको अवस्था खेप्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने छ । धार्मिक क्षेत्रको भ्रमणले मनमा शान्ति ल्याउने छ । परिवारको भने साथ मिल्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मिथुन 
सुख सुविधाका साधनहरु गुमाउनु पर्ने छ । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण छ । आम्दानी गर्नु पर्दछ भन्ने स्वाभावमा भने तिब्रता देखा पर्ने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही लाभ मिल्ने छ । धर्म बिरोधी विचार मनमा आउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

कर्कट
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा मध्यम खालको उन्नति हुने छ । मनमा शान्तिको आभाष हुने छ । भोज भतेरमा सहभागि हुने अवसर मिल्ने छ । आफन्तहरुसँगको मिलन फलदायी रहने छ । अध्ययन अध्यापनमा भने मन लाग्ने छैन । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह
दृढ व्यक्तित्व बन्ने छ । पारीवारिक जीवनमा द्वन्द र कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा औसत समय रहेको छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिला गरि मात्र अघि बढ्ने छन् । भौतिकवादी चिन्तनले मनमा तिब्रता पाउने छ । शेयर क्षेत्र औसत रहने छ । 

कन्या
कमजोर मनोबल भएको व्यक्तित्व देखिने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । पेशागत जीवन मध्यम खालको हुने छ भने साझेदारीमा गरिएका काममा केही फाइदा मिल्ने छ । भगवानप्रति विश्वास भन्दा शंका उत्पन्न हुने छ  । शेयर क्षेत्र फाइदादायक हुने छैन् । 

तुला
पेशागत जीवन सकारात्मक रहने छ । रोजगारी तथा व्यापार दुबै क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । यात्रामा उत्पन्न हुने समस्या समस्या समाधान तर्फ जाने छ । मानसिक शान्ति प्राप्त हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

वृश्चिक
भाग्यको साथ रहेको छ । धर्म–अध्यात्मप्रति तिब्रता आउने छ । तर बोलीमा कडापना देखिँदा परिवारका सदस्यहरुका बीच भने चर्काे वातावरण आउने छ । पेशागत जीवन सकारात्मक रहने छ । आर्थिक उन्नति हुने छ । अरुको विश्वास सहजतै प्राप्त हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

धनु 
बौद्धिक व्यक्तित्व बन्ने छ । सबैबाट मान सम्मान र आदर प्राप्त हुने छ । व्यक्तित्वमा निखारता आउने छ । पेशागत जीवनमा उपलब्धिहरु प्राप्त हुने छन् । गरेका कामको उच्च कदर हुने हुँदा उत्साह आउने छ । तर अनावश्यक झैझगडाको चुनौति रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
व्यक्तित्वमा गिरावट आउने छ । अरुलाई हेप्ने खालको स्वाभावले आफ्ना साथिसँगी पनि भड्किने छन् । आर्थिक रुपमा उठ्नु पर्ने पैसा उठ्ने छैन् । पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने छ । अध्ययन अध्यापनमा अवरोधहरु आउने छन् । धार्मिक गतिबिधिमा भने सँलग्न हुन मन लाग्ने छ । शेयर बजार प्रतिकुल रहने छ । 

कुम्भ 
शारीरिक कमजोरीमा सुधार आउने छ । पेशागत जीवनमा पनि सकारात्मक गति आउने छ । साथिभाइको विश्वासमा  तिब्रता आउने छ । मनोबल उच्च रहँदा अरुको विश्वास प्राप्त हुने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलतामा बढोत्तरी हुने छ । धार्मिक अनुष्ठानमा सहभागि हुन पाइने छ । शेयर बजार मध्यम रहने छ ।

मीन
व्यक्तित्वमा स्पष्टता आउने छ । मनमा लागेको कुरा भनिहाल्ने स्वाभावले गर्दा मिलनसार व्यक्तित्व कायम रहने छ । तर रिस भने नियन्त्रण गर्न ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । धन सम्पत्तिको अभिबृद्धि हुने छ । दान दिन मन लाग्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement