आज (माघ १०)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १० गते मंगलबार, माघ शुक्लपक्षको तृतीया तिथि छ ।

मेष 
शेयर बजारबाट फाइदा मिल्ने छ । व्यक्तित्व बाठो हुने छ । बौद्धिक र राजसी खालको व्यक्तित्व हुने छ । तर मनोबल भने कमजोर खालको हुन जाने भएकाले आफ्ना प्रतिष्पर्धीहरुसँग जुध्न आवश्यक पर्ने तागत नभए जस्तो हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्तिबाट मनमा छिट्टो प्रभाव पर्ने छ । पेशागत जीवनमा स–साना विषयहरुले उल्झन पार्ने छ । 

Advertisement

वृष
शेयर बजारबाट लाभ मिल्ने छैन् । व्यक्तित्वमा गिरावट आउने छ । आर्थिक पक्ष धेरै कमजोर भने हुने छैन् । पेशागत जीवनमा अस्थिरताको अवस्था आउने छ । बोलीमा देखा पर्ने प्रभावले पेशागत जीवनमा देखा पर्ने अस्थिरतालाई व्यवस्थापन गर्न मद्धत गर्ने छ । तर भाग्यहिनताको क्रमले भने मनमा छोड्ने छैन् । 

मिथुन 
शेयर क्षेत्र प्रतिकुल रहने छ । पारीवारिक जीवनमा हासोमय वातावरण हुने छ । तर बोलीमा कडापन देखा पर्ने भएकाले बोली नरम बनाउने तर्फ प्रयास गर्दा राम्रो हुने छ । पेशागत जीवनमा शुभता बृद्धि हुने छ । तर भाग्यहिनताको आभाष मनमा रहीरहने छ ।

कर्कट
शेयर बजारबाट लाभ प्राप्त हुने छ । आर्थिक अवस्था र धन सम्पत्तिमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको प्रयोगबाट अनुकुलता प्राप्त हुने छ । उच्च दृढता भएको व्यक्तित्व हुने छ । रिस भने बढि उठ्ने भएकाले यस विषयमा ध्यान दिनु होला । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झनहरु आउने छन् । 

सिंह
शेयर बजार औसत खालको रहने छ । भित्रि बुद्धिको तिब्रता बढ्न पुग्दा चलाख खालको व्यक्तित्व हुने छ । भाग्यको साथ रहेको छ । तर पेशागत जीवनमा केही अस्थिरताको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा जुध्नु पर्ने र आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । 

कन्या
शेयर बजारबाट फाइदा मिल्ने छ । बोलीको प्रभाव घटेर जाने भएकाले संयमित रहनु होला । व्यवस्थापन खुबीमा गिरावट देखा पर्ने छ । मनमा एक प्रकारको नरमाइलोपनाले सताई रहने छ । नराम्रा सपनाले गर्दा निन्द्रामा समस्या रहने छ । पेशागत जीवन स्थिर रहने छ तर आम्दानीमा भने गिरावट रहने छ ।  

तुला
शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामबाट प्रतिफल प्राप्त हुने छ । तर पेशागत जीवनमा समकक्षीहरुबाट केही आरोप प्रत्यारोपको चुनौति रहेकाले सतर्क रहनु होला । परिवारमा द्वन्दात्मक अवस्था आउने छ । 

वृश्चिक
शेयर बजारबाट प्रतिफल प्राप्त हुने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । तर मनमा प्रफुल्लताको मात्रामा भने बृद्धि हुन सक्ने छैन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । गरेका कामको कदर हुने छ । साझेदारीमा गरिएका काममा केही सतर्कता अपनाउनु पर्ने देखिन्छ । 

धनु
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । भाग्यले साथ दिएको समय रहेको छ । चलाख र बाठो खालको व्यक्तित्व हुने छ । बोलीको प्रभावले गर्दा ठुलाबडालाई प्रभावित पार्न सकिने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । पारीवारिक जीवनमा भने विवाद र चर्काचर्कीको अवस्था आउने छ । 

मकर 
शेयर क्षेत्र मध्यम खालको हुने छ । दुविधात्मक सोच भएको व्यक्तित्व हुने छ । मनमा दुविधाका मात्राहरु असाध्यै धेरै आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । मनोबलमा कमजोरी बढ्ने छ । पैतृक सम्पत्तिको आड भरोषाले राहत प्रदान गर्ने छ । पेशागत जीवनमा संघर्ष गर्नु पर्ने छ । 

कुम्भ 
शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ तर पेशागत जीवन औसतमा ठिक नै रहने भएता पनि केही सतर्कताहरुको भने आवश्यकता देखिन्छ । कडा खाले व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । यात्रामा जाने अवसर प्राप्त हुने छ । मित्रहरुको साथका कारण भरोषा प्राप्त हुने छ ।

मीन
शेयर क्षेत्र लाभदायी बन्ने छ । कमाईमा बृद्धि हुने छ । मनले चाहेका इच्छा आकांक्षा तथा सपनाहरु पुरा हुने दिशामा रहने छन् । पेशागत जीवन स्थिर हुने छ भने पेशागत जीवनमा पनि उन्नति प्रगति हुने छन् । बोलीमा आउने कडापनाले गर्दा आफन्तहरुका बीचमा समस्या ल्याउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement