शेयर बजार बढ्दा तीन अर्ब बढीको कारोबार, तीन कम्पनीका लगानीकर्ताले नौ प्रतिशतबढी कमाए

Advertisement

काठमाडौं । शेयर बजार घट्ने÷बढ्ने क्रम चलिरहेको छ । हिजो दोहोरो अंकले घटेको बजार आज बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१४ अंकले बढेको हो ०.३८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१७३.२४ अंकमा पुगेको छ । 

Advertisement

आज २४८ कम्पनीका ८३ लाख १ सय ८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९.४४ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार बढ्दा तीन कम्पनीको शेयर ९ प्रतिशत भन्दा बढी बढेको छ । सानिमा जीआईसी इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र शिवश्री हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.७७ र ९.०२ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यसैगरी मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.४८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ९१ लाख ७ हजार ३ सय ९६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

हिजो सोमबार १३.७१ अंकले बजार घट्दा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३.६९ रुपियाँ बराबरको कारोबार भएको थियो । 

साताको पहिलो दिन आइतबार भने सोनाम ल्होछार पर्वको बिदाका कारण बजार बन्द रहेको थियो ।  
 

Advertisement

Advertisement