जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सोरुम

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुम शुभारम्भ गरेको छ ।

यस सोरुमको उद्धघाटन डिशहोमका वरिष्ठ बिक्री प्रवन्धक मनोज शर्मालगायतको उपस्थितिमा सम्पन्न भयो । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीको भनाई छ ।  

Advertisement

न्यू लक्ष्मी इन्टरप्राइजले पाँच हजार पाँच सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको र सोरुम स्थापनाले थप ग्राहकमाझ इन्टरनेट सेवा विस्तार हुने जनाइएको छ । 

Advertisement

Advertisement