सूर्यज्योति लाइफको चार करोड ५४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार खुल्ने

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एक बीमा कम्पनीको नाममा ४ करोड ५४ लाख ५५ हजार ७ सय २१ कित्ता शेयर सूचीकृत भएको छ । 

साविकको सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा १ः०.८२४५ को अनुपातमा गाभिंदा कायम हुन लाएको चुक्ता मूल्य रु. १०० भएको उक्त शेयर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा सूचीकृत भएको हो । 

Advertisement

शेयर सूचीकरणसँगै आजको निर्णय अनुसार उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

कारोबार फुकुवासँगै भोलिबाट शेयर कारोबार शुरु हुने भएको हो । कारोबारका लागि प्रतिशेयर रु. ३७१.५९ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement