गभर्नरको प्रस्ताव– मर्जर  अहिलेको आवश्यकता हो, तीन सरकारी बैंक पनि एक हुने कि ?

Advertisement

तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन् । 

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए । अधिकारीले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए । 

Advertisement

उनले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए । अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायीक आवश्यकता बुझेर मर्जर गरिरहेको बताउँदै सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए । 

उनले  आवश्यकतालाई सरकारी बैंकहरुले महशुस गरेर सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताए । अधिकारीले भने, ‘अहिले वित्तीय प्रणालीमा बैंक छ घटेका छैनौं ठूलै छौं । विगतको भन्दा तल गएका छैनौं । अरु बैंकसँग स्वाभाविक रुपमा सानो भएका छौं । अहिले बैंकहरुको बिग मर्जरको प्रक्रियाले बैंकलाई सानो बन्न नखोज्दा खोज्दै पनि सानो भइरहेका छौं । बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यत्मक व्यवस्था गरेको थिएन । बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न ? भन्ने हामीलाई शंका लागिरहेको छ ।’ 

उनले थपे, ‘यो आवश्यकतालाई पनि महशुस गरेर छलफल नेपाल सरकारसँग र तीनवटा सरकारी बैंकहरु हुनुहुन्छ । सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ । तर राष्ट्र बैंकले कसैलाई पनि मर्जरको बाध्यत्मक व्यवस्था गरेका छैनौं । बैंकिङ सधैँ सहज छैन । बैंकिङ व्यवसाय अत्यन्तै चुनौतिपूर्ण व्यवसाय हो । एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ । बैंकको एक वर्षको प्रोभिजन सकियो । त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ । बैंकका कर्मचारीहरु संवेदनशिल भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा गरेका व्यवस्थाहरुमा हाम्रा एजेण्डाहरु अगाडि छन् । राष्ट्र बैंकले बैकिङ सेवालाई मुलुकभर बढाउन खोजेका छौं । ७५३ मध्ये ७५२ स्थानीय तहमा बैंकका शाखाहरु पुगेका छन् । एउटा स्थानीय तहमा पु¥याउन सकिएको छैन । राष्ट्र बैंकले अहिले डिजिटल बैंकिङ कारोबारलाई बढाएको छ । कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको छ ।’

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताए । उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए । उनले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको बताए । 

Advertisement

Advertisement