आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज बिहान निधन

Advertisement

काठमाडौं । संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । इलामका ३७ वर्षीय आचार्यले उद्यमी पनि हुन । 

Advertisement

जीवनस्तर सुधारका लागि लामो संघर्ष गर्दागर्दै पनि धेरै ऋणमा डुबेर विच्छिप्त भएका आचार्यले संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेकोको अवस्थामा अस्पताल पुर्याइएका आचार्यले मंगलबारसम्म बोलिरहेका थिए । 

Advertisement

Advertisement