शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे तीन अर्बको कारोबार, पाँच कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे ३ अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बजार बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१८३.६२ अंकमा उक्लिएको हो । 

Advertisement

आज २६१ कम्पनीका ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३ सय ३८.६४ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । ग्रीनलाइफ हाइड्रो, आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ र बलेफी हाइड्रोको शेयर मूल्य क्रमशः १०, १०, ९.९९, ९.९९ र ९.९८ प्रतिशतले बढेको हो । 

त्यसैगरी आरबीबी म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी ५.७० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेशनल हाइड्रो पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

गत सोमबार बजार १३.७१ अंकले घट्दा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३.६९ रुपियाँ र हिजो मंगलबार ८.१४ अंकले बजार बढ्दा ३ अर्ब ३२ लाख ३० हजार ३९.४४ रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने सोनाम ल्होछारको बिदाका कारण बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement