सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोवार फुकुवा

Advertisement

काठमाडौं । गत पुस ७ गतेबाट एकिकृत कारोवार संचालन  गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । मर्जर प्रकृयाका कारण गत असार १३ गतेदेखि रोक्का रहेको कम्पनीको शेयर कारोवार आजबाट सुचारु भएको हो । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योतिको सुरुवाती मूल्य ३ सय ७१ रुपियाँ ५९ पैसा तोकिएको छ । 

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चु्क्ता पूँजी ४ अर्ब ५४ रुपियाँ रहको छ भने कम्पनिले देशभर १ सय ८१ शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement