आज (माघ १२)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १२ गते बिहीबार, माघ शुक्लपक्षको पञ्चमी तिथि । आज वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी रहेको छ । आज भन्सार दिवस पनि रहेको छ ।

मेष 
पेशागत जीवनमा कठिनाई आउने छ । डर त्रासको वातावरणबाट पेशागत जीवन गुज्रने छ । बोली भने प्रभावकारी हुने छ, जसले गर्दा ठुलाबडाको विश्वास प्राप्त हुने छ । तर मनोबलको कमिले गर्दा मन भित्र डर लागे जस्तो भइरहने छ । आर्थिक पक्ष अनुकुल नै रहने छ ।

Advertisement

वृष
पेशागत जीवनमा केही अवरोधको सामना गर्नुपर्ने छ । बाठो खालको व्यक्तित्व हुँदाहुँदै पनि प्रगतिमा भने गति प्राप्त हुन सक्ने छैन् । अन्योलताले सताउला । रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको वातावरणबाट गुज्रनु पर्ने छ । दाम्पत्य जीवनमा बिबादले स्थान लिने छ ।

मिथुन 
पेशागत जीवनमा सकारात्मक अवस्था आउने छ । रंग रमाईलोमा मन केन्द्रीत हुँदा कार्यसफलतामा कमि आउने छ । मनोबल कमजोर हुँदा मनभित्र डर लागे जस्तो हुने छ । बोलीमा नरम र शान्त खालको हुने छ । आर्थिक पक्ष औसत रहने छ । 

कर्कट
व्यक्तित्वमा दृढता आउने छ । नराम्रा सपनाले पेशागत जीवनमा एकाग्र गराउन अवरोध ल्याउने छ । तर पनि पेशागत जीवन सकारात्मक रुपमा नै अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा मिठास वातावरण रहने छ ।

सिंह
रिस धेरै कडा हुने छ । पेशागत जीवनमा बढि कडा शैली नदेखाउनु होला । चाडबाडको मुडमा रहँदा सामाजिक छवि कायम हुने छ । खर्च धेरै बढ्न जाने छ । परिवारमा रमाईलो वातावरण हुने छ । मित्रहरुसँग झैझगडा हुने खतरा देखिन्छ । 

कन्या
साहित्यिक क्षेत्रमा प्रगति हुने छ । काल्पनिक सृजनाहरु फुर्ने छन् । धार्मिक–आध्यात्मिक क्षेत्रमा विश्वास बढ्ने छ । बोली मिठो हुँदाहुँदै पनि दाम्पत्य जीवनमा भने बिबादले स्थान लिने छ । पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । यात्रामा जानु पर्ने छ । 

तुला
कार्यकुशलतामा बृद्धि हुने छ । बौद्धिकतामा पनि प्रगति हुने छ । जीवनसाथिको साथसहित अघि बढेमा जोखिम कमि हुने छ । सवारीसाधन किन्नु पर्ने बाध्यता आउने छ । शौखिन सामानहरु खरिद गर्न मन लाग्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने भएकाले धैर्य बन्ने प्रयास गर्नु होला । आर्थिक क्षेत्र असन्तुलित बन्ने छ । 

वृश्चिक
शारीरिक र मानसिक थकान हुने छ । मनमा दुविधाका क्रम धेरै रहँदा कुहिरो भित्रको काग जस्तो महशुस हुने छ । घर घडेरी बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । दाम्पत्य जीवनमा समझदारीको कमि हुने छ । पेशागत जीवन र आर्थिक पक्षमा धैर्य रहनु होला । 

धनु 
स्वास्थ्यले साथ दिने छैन् । कला, साहित्य तथा संगीतको क्षेत्रमा रुचि बृद्धि हुने छ । कारुणिक स्वाभावका कारण अरुलाई सहयोग गर्दा आनन्द मिल्ने छ । परिवारमा शान्तिपूर्ण वतावरण बन्ने र त्यसले निकै ठुलो राहत दिने छ । यात्रामा कठिनाई व्योहर्नु पर्ने छ । पेशागत जीवनमा आरोप प्रत्याराप खेप्नु पर्ला । 

मकर 
कडा खालको व्यक्तित्व बन्ने छ । भैझगडाको अवस्था जबर्जस्ति निम्तिने छ । दृढ खालको व्यक्तित्व हुने भए पनि आवश्यक ठाउँको पहिचान गरी लचकता अपनाए फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । पेशागत जीवन औसत रहने छ भने आम्दानीमा बृद्धि हुन कठिन हुने छ । 

कुम्भ 
साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विदेश यात्रामा अवरोध आउने छ । अध्ययन अध्यापनमा प्रगति देखिने छ । पेशागत जीवनमा ठिक्क महत्वाकांक्षा लिएर अघि बढ्दा नै उपयुक्त हुने देखिन्छ । पारीवारिक जीवन मिठास बन्ने छ । गलत संगतमा फस्ने डर देखिएकाले सतर्क रहनु होला । नशालु पदार्थको सेवन त्याग्न दृढ बन्नु होला ।

मीन
सवारीसाधनले दुःख दिने छ । पेशागत क्षेत्रमा नयाँ नयाँ अवसरका ढोकाहरु खुल्ने छन् । खर्च पनि बढ्ने छ । यात्रामा दुविधा उत्पन्न हुन जाँदा निर्णय क्षमतामा गिरावट आउने छ । आम्दानीमा बृद्धि हुने छ । आफन्तको माझमा सम्मान बृद्धि हुने छ । राखिएका लक्ष्यमा अन्योल रहने छ । दाम्पत्य जीवनमा मधुरता रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement