इन्भेष्टमेण्ट मेगा बैंकले छ महिनामा कमायो २ अर्ब ८ करोड नाफा, यस्ता छन् अरु वित्तीय सूचक

Advertisement

काठमाडौं । मेगा बैंकसँग मर्जर गरी एकीकृत थालेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको छ महिनामा २ अर्ब ८ करोड नाफा कमाएको छ । 

बैंकले आव प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधि भन्दा २८.४४ प्रतिशतले नाफा बढाएको हो । गत आबको समीक्षा अवधिमा बैंकले १ अर्ब ६२ करोड खुद नाफा कमाएको थियो । 

Advertisement

बैंकको ब्याज आम्दानी ७१.३२ प्रतिशतले बढेर ११ अर्ब ९५ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड कायम भएको छ । बैंकको खुद संचालन आम्दानी ४ अर्ब ५९ करोड पुगेको छ । 

बैंकको हाल कायम चुक्ता पूँजी ३४ अर्ब १२ करोड रहेको छ । त्यस्तै रिजर्भमा २३ अर्ब ५५ करोड रहेको छ । बैंकले ३ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेको छ भने बैंकको निक्षेप ३ खर्ब ५५ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा ३.७१ प्रतिशत, शेयर आम्दानी १५.६१ रुपियाँ र प्रति शेयर नेटवर्थ १६४ रुपियाँ ९१ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

हाल सञ्चालमा रहेका २२ वाणिज्य बैंक मध्ये २१ वटाले गत माघ ७ गतेनै वित्तीय विवरण प्रकाशित गरेका थिए ।

वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)   

Advertisement

Advertisement