सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाई चेतनामुलक भिडियो हस्तान्तरण

Advertisement

काठमाडौं । बैंकिङ पहुँच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोगसंगै यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक देखिएको छ । 

साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर सनराइज बैंकद्वारा ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका हुन् । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका सीईओ शर्माले बताए । 

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।
 

Advertisement

Advertisement