राष्ट्रपति पदका लागि रस्साकस्सी चलेको बेला उच्च अमेरिकी अधिकारी आइतबार नेपाल आउने

Advertisement

काठमाडौं । नेपालमा राष्ट्रपतिको चुनाव पेचिलो बनिरहेको बेला एक जना उच्च अमेरिकी अधिकारी आइतबार नेपाल आउने भएकी छन् ।  अमेरिकी राष्ट्रपतिसँग निकट र तीन दशक लामो कुटनीतिक अनुभव संगालेकी अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउन लागेकी हुन् । 

राजनीतिक मामिला हेर्ने र राष्ट्रपतिहरुसँग नजिक रहेर काम गर्दै आएकी उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् । नेपालमा चिनियाँ र भारतको संस्थापन पक्षको समर्थनमा सरकार बनेपछि अमेरिकाले गहिरो चासो देखाएको देखिन्छ । सोही क्रममा राष्ट्रपति हालको कम्युनिष्ट नेतृत्वको गठवन्धनलाई नदिएर नेपाली कांग्रेसले प्रस्तुत गरेको उम्मेदवारलाई बनाउन प्रयाससमेत भइरहेको छ भने चीन सकेसम्म त्यसलाई रोकेर हालको सत्तारुढ  गठवन्धनबाटै राष्ट्रपति बनाउने प्रयासमा छ । 

Advertisement

समाचार स्रोतका अनुसार नुल्याण्डको नेपाल भ्रमण राष्ट्रपतिको चुनावमा अनुकुल वातावरण बनाउने र हालको सरकारसँग पनि सम्वन्ध विस्तार गर्ने उद्देश्य हुनसक्छ । नेपालमा रहँदा उनले प्रधानमन्त्रीसहित शक्तिशाली व्यक्तिहरुसँग भेट गर्ने कार्यक्रम छ । 

चीनको खासगरी तिब्बतसँग नेपालको सीमा जोडिएकाले अमेरिकाले नेपाललाई रणनीतिक महत्वका साथ हेर्दै आएको छ । यसअघि उसले शेरबहादुर देउवाके नेतृत्वमा पश्चिमा समर्थित सरकार बनाउन सफल पनि भएको थियो । सोही क्रममा एमसीसी परियोजना संसदबाट पास पनि भएको थियो । 

Advertisement

Advertisement