सर्वोच्चको निर्णयका कारण पुनः नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक नेता रवि लामिछाने पुनः नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

लामिछाने जिल्ला प्रशासन कार्यालय पुग्दा उनका थुप्रै समर्थकहरु पनि पुगेकाले ठूलो भीड जम्मा भएको छ । अमेरिकी नागरिकता त्यागेर त्यसको जानकारी अध्यामन कार्यालयलाई दिए पनि सर्वोच्च अदालतले भने जिल्ला प्रशासनमा नै गएर नागरिकता लिनुपर्ने तर्क गरेपछि उनी आज नागरिकताको प्रमाणपत्र लिन गएका हुन् ।  

Advertisement

लामिछानेले नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको जिकिर गर्दै सर्वोच्चले गत शुक्रबार उनको सांसद पद खारेज गरिदिएको थियो । सोही निर्णयपछि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी अध्यक्षबाट पनि राजीनामा दिएका थिए । 

Advertisement

Advertisement