रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको भीमफेदीमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले गत बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   

भीमफेदी गाउँपालिकाको  समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो  कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए । सोही गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

Advertisement

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडा सदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख  गणेशकुमार सिंहको पनि उपस्थिति थियो ।  

कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र  भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ ।  उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए ।


 

Advertisement

Advertisement