नागरिकता पाएकै दिनमा रवि लामिछाने स्वतन्त्र पार्टीको पुनः सभापति, मन्त्री कहिले ?

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको छ । आजै बसेको सो पार्टीको बैठकले उनलाई सभापतिको जिम्मेवारी दिएको हो । 

रविले आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर आफ्नो पूरानै नम्बरको नेपाली नागरिकताको नयाँ प्रमाणपत्र लिएका थिए । उनले अमेरिकी नागरिकता त्यागेर त्यसको जानकारी अध्यागमन विभागलाई दिए पनि त्यसलाई सर्वोच्च अदालतले बदर नगरी जिल्ला प्रशासनबाटै नयाँ नागरिकता लिनुपर्ने बाध्यता बनाएपछि आज उनी स्थानीय प्रशासन पुगेका थिए । 

Advertisement

सर्वोच्चको फैसलाबाट रवि दुई दैनिक अनागरिक बन्न पुगेका थिए । नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति छोडेका थिए । 

Advertisement

Advertisement